काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी फ्रान्सको पेरिस फर्किएका छन् ।
कोभिड-१९ को परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि मेस्सी पेरिस फर्किएका हुन् ।
छुट्टि मनाउन अर्जेन्टिनामा रहेको बेला पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्डलाई कोभिड-१९ को संक्रमण देखिएको थियो ।
कोभिड संक्रमण भएपछि मेस्सी सेल्फ आईसोलेसनमा बसेका थिए ।
मेस्सीले यस सिजन लिग वानको ११ खेलमा १ गोल गरेका छन् ।
