• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पहिलो चरणमा तुलसीपुरको एसएसएफए शीर्ष स्थानमा 
खेलपाटी संवाददाता
बुधबार, पुस २१, २०७८ खेलपाटी संवाददाता
पहिलो चरणमा तुलसीपुरको एसएसएफए शीर्ष स्थानमा 

काठमाडौं । दाङमा जारी जिल्ला फुटबल लिगको पहिलो चरणका खेल सकिएको छ । मंगलबार जिल्ला फुटबल संघमा आवद्ध १० वटा क्लबले समान ४–४ खेल खेल्दै पहिलो चरणको लिग सकाएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघले घोराही र तुलसीपुरमा आयोजना गरेको पहिलो चरणको लिगमा ३ वटा क्लब अपराजित रहन सफल भएका छन् ।

पुस १४ गतेबाट शुरु भएको जिल्ला लिगमा तुलसीपुरको एसएसएफएले स्पष्ट ३ खेलमा जित र एक खेलमा बराबरी खेल्दै अंक तालिकाको शीर्ष स्थानमा छ।

उसले ४ खेलमा २० गोल गर्दा ३ गोल खाएको छ भने १० अंक जोडेको छ ।

No description available.

यस्तै समान १० अंक रहेको तुलसीपुरकै सक्सेस एफसीले पनि ३ खेलमा जित र १ मा बराबरी खेल्दै अंक तालिकाको दोश्रो स्थानमा छ । उसले ४ खेलमा १३ गोल गर्दा २ गोल खाएको छ । अपराजित रहेको अर्काे क्लब हो, घोराहीको युएनबीसी । उसले पनि ४ खेलमा ३ मा जित र १ मा बराबरी खेल्दै अंक तमलिकाको तेश्रो स्थानमा रहन सफल भएको छ ।

जारी खेलमा ११ गोल गरेको युएनबीसीले १ गोल खाए पनि समान १० अंक रहेको छ ।

यस्तै, उत्कृष्ट खेल पस्किरहेको घोराहीको नवलपुर फुटबल एकेडेमीले मंगलबार पहिलो चरणको अन्तिम खेलमा युएनबीसीसँग पराजित हुँदै अंक तालिकाको चौथो स्थानमा अटाएको छ ।

उसले ४ खेलमा ३ मा जित र १ मा हार व्यहोर्दै ९ अंक जोडेको छ । कुल ८ गोल गरेको नवलपुर फुटबल एकेडेमीले ४ गोल खाएको छ ।

यसैगरी, अंक तालिकाको पाँचौ स्थानमा राप्ती क्लब रहेको छ । उसले ४ खेलमा २ जित, १ बराबरी र १ मा हार खाँदै ७ अंक प्राप्त गरेको छ । राप्ती क्लबले जारी लिगमा ५ गोल गरेको छ भने २ गतेल खाएको छ ।

यस्तै, ६ अंकका साथ तुलसीपुरको लक्ष्य एफसीले २ मा जित र २ मा हार व्यहोरेको छ । उसले अहिलेसम्म ७ गोल गर्दा ५ गोल खाएको छ ।

यसैगरी, अंक तालिकाको छैठौं स्थानमा रहेको किसान जागृत क्लबले ३ अंक जोडेको छ  । उसले जारी लिगमा १ मा जित र ३ खेलमा व्यहोरेको छ । किसान जागृतले ५ गोल गर्दा ११ गोल खाएको छ । अंक तालिकाको सातौ स्थानमा युनाइटेड युथ क्लब रहेको छ । उसले पनि १ खेलमा जित र ३ खेलमा हार व्यहोरेको छ । ३ अंक जोडेको युनाइटेडले अहिलेसम्म ५ गोल गर्दा १५ गोल खाएको छ । पहिलो चरणको लिग सकिँदा अंक तालिकाको नवौँ र दशौँ स्थानमा रहेका न्यु स्टार एफसी र टाईगर युथ क्लब जित विहिन छन् । दुवै क्लब शून्य अंकका साथ अन्तिम दुईमा छन् ।

न्यु स्टारले १ गोल गर्दै १२ गोल खाएको छ भने टाईगर युथ क्लबले एक गोल पनि गर्न सकेको छैन भने अहिलेसम्म २० गोल खाईसकेको छ ।

अन्तिम दुईमा रहेका दुई क्लबलाई रेलिगेशनबाट जोगिन अबका खेल अनिवार्य जित आवश्यक छ ।

अब लिग अन्तर्गत दोश्रो चरणका खेल आज बुधबार बेलझुण्डीमा बस्ने दाङ जिल्ला फुटबल संघले तय गर्ने भएको छ ।

फुटबल संघका महासचिव नरेन्द्र पुनका अनुसार दोश्रो चरणको लिग अब घोराही र तुलसीपुरका क्लबबीच गर्नुपर्ने भएकाले खेलाउने स्थान र समय साथै खेल तालिका बनाउन लागिएको छ । दुवै क्षेत्रलाई पायक पर्ने गरि खेल मैदान र तालिका बनाउन लागिएको उनले बताए । जारी जिल्ला लिग पुस २९ गते सम्पन्न गर्ने गरि तालिका बनाउन लागिएको हो ।

पहिलो चरणमा समान ४ वटा खेल खेलेका क्लबले अब दोश्रो चरणमा समान ५ वटा खेल खेल्नेछन् । यसअघि जिल्ला फुटबल नकआउट प्रतियोगिता गरेको दाङ जिल्ला फुटबल संघले उक्त प्रतियोगिताबाट २ वटा क्बललाई अर्का वर्ष हुने जिल्ला लिगमा स्थान सुरक्षित गरेका छन् । जारी लिगमा सबै खेल सकिएपछि पुछारमा रहने २ वटा क्लब रेलिगेशनमा पर्नेछन् भने उक्त स्थानमा जिल्ला नकआउट फुटबलमा उत्कृष्ट भएका बडहरा युवा क्लब र ज्ञान ज्योति ईनोभेटिभ एकेडेमीले जिल्ला लिग खेल्नेछन् ।

लिग खेलिरहेका क्लबहरु रेलिगेशनमा पर्नबाट बच्नका लागि कडा अभ्यासका साथ लिग खेलिरहेका छन् ।

ग्रास रुटबाटै खेलाडी उत्पादन र क्लबहरुको खेल गतिविधि बढाउन एन्फाले पछिल्लो समय जिल्ला जिल्लामा फुटबल प्रतियोगिता गरिरहेको छ । यसले नयाँ खेलाडी उत्पादनसँगै खेलाडीहरुको खेल सुधारमा टेवा पुगेको नवलपुर फुटबल एकेडेमीमा अध्यक्ष दिपक पुनले बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
पिएसजी र चेल्सीको भेट फाइनलमा
पिएसजी र चेल्सीको भेट फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
रियललाई हार चखाउँदै पीएसजी फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालको फिफा वरीयता खस्कियो
नेपालको फिफा वरीयता खस्कियो
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
टी–२० विश्वकप छनोट : नेपालको समूहमा कुवेत र जापान
सुरुबाट सुरुआत गर्दै रियल
सुरुबाट सुरुआत गर्दै रियल
एक युगको अन्त्य
एक युगको अन्त्य
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
एमएलएस इतिहासमा मेसीको नयाँ कीर्तिमान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP