काठमाडौं । म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेपछि त्यसबारे सिजनको सुरुमै जिमी कारिघरले एउटा भविष्यवाणी गरेका थिए, यो ठीक निर्णय होइन्, भविष्यले यस्तै प्रमाणित गर्नेछ ।
उनको यो भनाइ बाहिर आउँदा खुबै आलोचना भएको थियो । तर इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर उल्भ्सविरुद्ध पराजित भएपछि उनको त्यो भनाइ ठीक देखिएको छ ।
त्यो खेलपछि लिभरपुलका पूर्व खेलाडीले ट्विट गर्दै भनेका छन्, ‘मैले भनेको ठीक भयो नि ।’
उल्भ्सविरुद्धको त्यस खेलमा रोनाल्डोको प्रदर्शन राम्रो रहन सकेन् । उनलाई अनुबन्ध गर्दा कारिघरको तर्क थियो, यदी म्यानचेस्टरले अबको सिजन लिग उपाधिका लागि चुनौती दिने हो भने रोनाल्डो उपयुक्त खेलाडी होइनन् ।
कारिघर भनेका छन्, ‘अहिले पनि रोनाल्डोले म्यानचेस्टरका लागि गोल गरिरहेका छन् । तर उनी अब पहिलोको जस्ता खेलाडी रहेनन् । म्यानचेस्टरका लागि रोनाल्डोले नियमित खेल्न पाएन् भने पनि अब त्यो कुनै ठूलो कुरा हुन्न । रोनाल्डो ३६ वर्षका भए र यो उमेरमा कसैले आफ्नो टिमलाई लिग जिताउन सक्दैन् ।’
उनले रोनाल्डोबारे यस्ता प्रतिक्रिया दिंदा सबैभन्दा बढी आलोचना गर्नेमा थिए, म्यानचेस्टरका पूर्व खेलाडी प्याट्रिक एभरा । उनले कारिघर र रोनाल्डोको तुलना पनि गरे र भनेका थिए, कारिघरले ७ सय ७५ खेल खेले, जबकी रोनाल्डोले आठ सय भन्दा बढी गोल गरिसकेका छन् ।
तर, अन्त्यमा छुच्चो मुख नै सही, कारिघर ठीक देखिएका छन् ।
–मार्काको सहयोगमा ।