काठमाडौं । फरवार्ड रोमेलु लुकाकु चेल्सीको टिममा फर्किएका छन् ।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले लुकाकु टिममा फर्किएको पुष्टि गरेका छन् ।
एक अन्तर्वार्तामा चेल्सीमा खुशी नभएको र इन्टर मिलान फर्कन चाहेको अभिव्यक्ति दिएपछि उनी टिम बाहिर रहदै आएका थिए ।
तर, माफी मागेपछि उनलाई टिममा सामेल गरिएको प्रशिक्षक टुचेलले जानकारी गराए ।
टुचेलका अनुसार उनी टिममा अभ्यासमा सहभागी समेत भएका छन् ।
उनले सोमबार प्रिमियर लिगमा लिभरपुलविरुद्धको खेल गुमाएका थिए ।
उनले काराबाओ कप अन्तर्गत टोटेनहमविरुद्धको खेल भने खेल्ने छन् ।
इन्टरका लागि इटालीको सिरी ए उपाधि जिते लगतै उनी यस सिजनको सुरुमा चेल्सी आएका थिए ।