बेसीसहर । श्री भावती क्लब बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा आयोजक तथा साविक विजेता त्रिवेणी युवा क्लबलाई ३-० ले हराउँदै श्री भगवती उपाधि नजिक पुगेको हो ।
श्री भावतीलाई जित दिलाउन अर्मान्ड बिओडानले दुई गोल गरे । अमित लामाले एक गोल थपे ।
खेलको २२ औं मिनेटमा अमितले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
५१ औं मिनेटमा अर्मान्डले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।
त्यसपछि खेलको ८० औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दै श्री भावतीलाई ३-० को जित दिलाए ।
खेलमा अमित म्यान अफ दि म्याच चुनिए । उनले ५ हजार प्राप्त गरे ।

अब उपाधिका लागि श्री भावतीले समाज कल्याण र बुद्ध युथ क्लबबीचको विजेतासँग खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।