एजेन्सी । चेल्सीले डिफेन्डर थियागो सिल्भाको सम्झौता नविकरण गरेको छ ।
लण्डन क्लबले एक वर्षको सम्झौता नविकरण गर्दै आगामी सिजनको अन्तिमसम्म सिल्भालाई स्टामफोर्ड ब्रिजमै राख्न सहमत बनेको हो ।
३७ वर्षिय ब्राजिली डिफेन्डरले चेल्सीका लागि यस सिजन २२ खेल खेलेका छन् ।
सन् २०२१ को मेमा चेल्सीले च्याम्पियन्स लिगको फाईनलमा सिटीलाई पराजित गर्दा सिल्भाले उत्कृष्ट प्रर्दशन गरेका थिए ।
सन् २०२० मा पेरिस सेन्ट जर्मेन (पीएसजी)देखि चेल्सी आएपछि उनले चार गोल समेत गरेका छन् ।
उनले चेल्सीको आधिकारिक वेब साइटमा बोल्दै यस क्लबका लागि खेल्नु आफैमा सम्मान भएको बताए ।
‘मैले यो क्लबमा तीन वर्ष खेल्ने कहिल्यै सोचेको थिएन । अझै एक वर्ष बस्न पाउँदा धेरै खुसी छु ।’ उनले भनेका छन् ।
‘यहाँ खेल्न पाउँनु सम्मानको कुरा हो । विश्वको सबैभन्दा महत्वपुर्ण लिगमा सतप्रतिशत दिन तयार छु ।’ उनले भनेका छन् ।
उनले ब्राजिलका लागि गत अक्टोबरमा सय क्याप पुरा गरेका छन् ।