काठमाडौं । राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुलाह अल्मुताईरीले अफ्रिकी राष्ट्र मरिससविरुद्धको मैत्रीपूर्ण फुटबल खेलका लागि बन्द प्रशिक्षणमा ३४ खेलाडीलाई बोलाएका छन् ।
प्रशिक्षक अल्मुताईरीले बोलाएका ३४ खेलाडी मध्ये ७ खेलाडी पहिलो पटक टिममा परेका छन् ।
गोलकिपर टेकेन्द्र थापा र सत्रुघन चौधरी, डिफेन्डर नविन गुरुङ, मिडफिल्डर सुदिप गुरुङ, कृतिस रत्न छुन्जु र आकाश बुढा मगर तथा फरवार्ड सुशील राईले पहिलो पटक बन्द प्रशिक्षणमा स्थान बनाएका हुन् ।
यस्तै विमल घर्ति मगर, सुवास गुरुङ र देवेन्द्र तामाङले टिममा पुनरागमन गरेका छन् ।
नेपालले दशरथ रंगशालामा मरिसससँग दुई मैत्रीपूर्ण खेल खेल्ने छ । मैत्रीपूर्ण खेल जनवरी २९ र फेब्रुअरी १ मा हुनेछ ।
नेपालले पछिल्लो पटक सेप्टेम्बरमा भारतसँग दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।
बन्द प्रशिक्षणमा परेका खेलाडीहरु :
विशाल श्रेष्ठ, दीप कार्की, किरण कुमार लिम्बु, सत्रुघन चौधरी, टेकेन्द्र थापा, आशिष लामा, आयुस घलान, आकाश बुढा मगर, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, बिमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिस रन्त छुन्जु, मनिष डाँगी, नविन गुरुङ, नितिस थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, सुवास गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज ज्यू ठकुरी, सुशिल राई र तेज तामाङ