काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले चेल्सीसँग २-२ गोलको बराबरी खेलेको हो ।
चेल्सीको मैदानमा सुरुआती दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।
खेलको नवौं मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
२६ औं मिनेटमा मोहमद सलाहले गोल गर्दा लिभरपुल २-० ले अघि रह्यो ।

खेलको ४२ औं मिनेटमा माटियो कोभासिचले गोल गर्दै चेल्सीलाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि पहिलो हाफको इन्जुरी समयमा क्रिस्टियन पुलिसिचले गोल गर्दै चेल्सीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै चेल्सीले २१ खेमा ४३ अंक जोडेको छ ।
चेल्सी दोस्रो स्थानमा रहेको छ ।
लिभरपुलले २० खेलमा ४२ अंक जोडेको छ ।
लिभरपुल तेस्रो स्थानमा रहेको छ ।