काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज सोमबार एक खेल हुँदैछ ।
लिग अन्तर्गत आज सातौं चरणको अन्तिम एक खेल हुन लागेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने एक मात्र खेलमा सातदोबाटो युथ क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ ।
सातदोबाटो र शेर्पाबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ ।
नवप्रवेशी क्लब सातदोबाटो आज तेस्रो जितको खोजीमा रहेको छ । सातदोबाटो ६ खेलमा ८ जोडेर सातौं स्थानमा रहेको छ ।
शेर्पालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ ।
शेर्पा पनि तेस्रो जितको खोजीमा रहेको छ । शेर्पा ८ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
सातदोबाटोलाई हराएर शेर्पा पनि शीर्ष पाँचमा उक्लने योजनामा रहेको छ ।
लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । पुछारका दुई टोली रेलिगेसनमा पर्नेछ।