काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन पराजित भएको छ।
आइतबार राति भएको खेलमा एभर्टन ब्राइटनसँग ३-२ गोल अन्तरले पराजित भएको हो ।
एभर्टनको मैदानमा ब्राइटनलाई जित दिलाउन म्याक एलिस्टरले दुई गोल गरे । डान बर्नको नाममा एक गोल रह्यो ।
एभर्टनका एन्थोनी गोर्डनले दुई गोल फर्काए ।
एभर्टनका काल्भार्ट लेविनले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस हारसँगै एभर्टन १९ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
ब्राइटन २७ अंक जोडेर आठौं स्थानमा छ ।
प्रिमियर लिग अन्तर्गत नै अर्को खेलमा ब्रेन्टफोर्डले एस्टन भिल्लालाई २-१ ले हराएको छ ।
लिड्स युनाईटेडले बर्नलीलाई ३-१ ले हराएको छ ।