रियल गेटाफेसँग पराजित
आइतबार, पुष १८, २०७८खेलपाटी संवाददाता

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिड पराजित भएको छ ।
आइतबार भएको खेलमा रियल गेटाफेसँग १-० गोल अन्तरले पराजित भएको हो ।
गेटाफेलाई जित दिलाउन एनेस उनलले निर्णायक गोल गरे । उनले खेलको नवौं मिनेटमा गोल गरेका हुन् ।
गेटाफेसँग पराजित भएपनि रियल शीर्ष स्थानमा यथावत रहेको छ ।
रियलले २० खेलमा ४६ अंक जोडेको छ ।
गेटाफे १६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
रियल गेटाफेसँग पराजित













-1762660030983.webp&w=3840&q=75)