बेसीसहर । श्री भगवती युवा क्लब र बुद्ध युवा क्लब बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार भएको पहिलो क्वाटरफाइनलमा श्री भगवतीले एमसीटीलाई ४-१ गोल अन्तरले पराजित गर्यो ।
खेलको २७ औं मिनेटमा अर्मान्डले गोल गर्दै श्री भगवतीलाई सुरुआती अग्रता दिलाएका थिए ।
३२ औं मिनेटमा अनिश श्रेष्ठले गोल गर्दै श्री भगवतीको अग्रता २-० को बनाए ।

खेलको ४६ औं मिनेटमा अर्मान्डले व्यक्तिगत दोस्रो गोल गर्दा श्री भगवतीको अग्रता ३-० को बन्यो ।
५४ औं मिनेटमा एमसीटीका सुमिन थापाले गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको ८१ औं मिनेटमा मोइसले गोल गर्दै श्री भगवतीलाई ४-१ को जित दिलाए ।
खेलको म्यान अफ दि म्याच अनिश चुनिए ।
दोस्रो क्वाटरफाइनलमा बुद्धले लालीगुराँस युवा क्लबलाई ३-० ले हरायो ।
खेलको २७ औं मिनेटमा फल्कुनी अबायोनीले गोल गर्दै बुद्धलाई अग्रता दिलाएका थिए ।
५९ औं मिनेटमा सोमिडेले गोल गर्दै टोलीलाई २-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ८३ औं मिनेटमा सचिन थापा मगरले गोल गर्दै बुद्धलाई ३-० को जित दिलाए ।
खेलमा फल्कुनी म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।