काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले दुई विभागीय टोली सशत्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा एपीएफ र आर्मीले गोलरहित बराबरी खेलेका छन्।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
एपीएफ ६ खेलमा ५ अंक जोडेर ११ औं स्थानमा रहेको छ । एपीएफलाई रेलिगेसनको डर अझै रहेको छ ।
त्यसैले आर्मीलाई हराउँदै एपीएफ अंक तालिका सुधार गर्न चाहन्छ । तर, बलियो आर्मीविरुद्ध एपीएफलाई जित निकाल्न कठिन हुनेछ ।
यता, आर्मी जित निकाल्दै उपाधि होड कायम राख्न चाहन्छ । एएफसी कप छनोटको दौडबाट बाहिरिसकेको आर्मी उपाधि होड भने कायम राख्न चाहन्छ ।
आर्मी ६ खेलमा १० अंक जोडेर चौंथो स्थानमा रहेको छ । एपीएफलाई हराउन सकेमा आर्मी शीर्ष तीन भित्र उक्लने छ।