बेसीसहर । समाज कल्याणले बेसीसहरमा जारी २९ औं त्रिवेणी कप फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
शुक्रबार भएको खेलमा न्यु आदर्श युवा क्लबलाई २-० ले हराएर समाजले सुखद सुरुआत गरेको हो ।
खेलको पहिलो मिनेटमै योया कौसीले गोल गर्दै समाज कल्याणलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको १६ औं मिनेटमा एलेन फुएन्टेसले गोल गर्दै समाज कल्याणलाई २-० को जित दिलाए ।
आगामी पुस २१ गतेसम्म चल्ने प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख पाउने आयोजक त्रिवेणी युवा क्लबले जनाएको छ ।
यस्तै सेमिफाइनलमा पराजित टोलीले ५०/५० हजार पाउने छन् ।