काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा एपीएफका लागि आशिष लामाले चार गोल गरिसके र उनी सर्वाधिक गोल गर्ने खेलाडी सूचीको शीर्ष स्थानमा छन् ।
लिगको सातौं चरणको पहिलो खेलमा शुक्रबार एपीएफले आर्मीको सामना गर्दैछ र त्यसमा आशिषले निर्णायक खेल प्रदर्शन गर्न सक्नेछन् ।
वर्ष ०७६ को लिगमा एपीएफ आर्मीसँग २–१ ले पराजित रह्यो । त्यसमा आर्मीका लागि सन्तोष तामाङले दुई गोल गरे । एपीएफका लागि भने आशिषले एक गोल फर्काए ।
तिनै आशिषको दुई गोलको मदतले एपीएफले वर्ष ०७५ मा आमीलाई २–१ ले हराएको थियो । त्यस खेलमा आर्मीका लागि नवयुग श्रेष्ठले गोल गरेका थिए ।
वर्ष ०७० मा भने यी दुई टिमले १–१ को बराबरी खेले । वर्ष ०६८ मा पनि १–१ कै बराबरी नतिजा रहेको थियो । तर यसबीच वर्ष ०६९ मा भने आार्मी ५–० को ठूलो अन्तरले विजयी रहेको थियो ।
अहिले तत्काल भने एपीएफ ६ खेलबाट ५ अंक जोडेर ११ औं स्थानमा छ । आर्मीको भने ६ खेलमा १० अंक रहेको छ र चौथो स्थानमा छ ।