काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका डिफेन्डर जोआ कान्सेलोको घरमा लुटेराले आक्रमण गरेको छ ।
लुटेराको आक्रमणबाट कान्सेलोले चोट समेत बोकेका छन् ।
सिटीका फुल ब्याक कान्सेलोले सामाजिक संजालबाट ४ जनाको समूहले लुटेको जनाएका छन् ।
चोट लागेको अनुहारको तस्बिर राख्दै उनले घरमा भएको गहनाहरु लुटेराले लगेको बताएका छन् ।
पोर्चुगिज डिफेन्डर कान्सेलोले आफ्नो परिवार सुरक्षित रहेको समेत बताएका छन् ।
