युनाईटेडको सहज जित
२०२१ डिसेम्बर ३१, शुक्रबारखेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेडले बर्नलीलाई ३-१ गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा स्कट म्याकटोमीनेले आठौं मिनेटमा गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको २७ औं मिनेटमा बी मिले आत्मघाती गोल गरेपछि युनाईटेड २-० ले अघि रह्यो ।
क्रिस्टियानो रोनाल्डोले ३५ औं मिनेटमा गोल गर्दै युनाईटेडलाई ३-० को अग्रता दिलाए ।
त्यसपछि खेलको ३८ औं मिनेटमा बर्नलीका लेननोनले एक गोल फर्काएपनि युनाईटेड ३-१ ले विजयी भयो ।
यस जितसँगै युनाईटेड लिगको छैटौं स्थानमा उक्लिएको छ ।
युनाईटेडले १८ खेलमा ३१ अंक जोडेको छ ।
बर्नली ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
युनाईटेडको सहज जित