जेरार्डलाई कोभिड संक्रमण
आइतबार, पुष ११, २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्लाका मुख्य प्रशिक्षक स्टेभेन जेरार्डलाई कोभिड-१९ को संक्रमण देखिएको छ ।
एस्टनले एक विज्ञप्ति निकाल्दै जेरार्डलाई कोभिड संक्रमण देखिएको जनाएको छ ।
कोभिड-१९ को संक्रमण देखिएपछि जेरार्डले प्रिमियर लिगको दुई खेल गुमाउने भएका छन् ।
एस्टनले आइतबार चेल्सीसँग खेल्दैछ । यस्तै मंगलबार लिड्सको सामना गर्नेछ ।
दुबै खेलमा जेरार्ड उपस्थित हुने छैनन् ।
कोभिड संक्रमण भएपछि ४१ वर्षीय जेरार्ड सेल्फ आईसोलेसनमा बसेका छन् ।
जेरार्डलाई कोभिड संक्रमण






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
