काठमाडौं । क्रिस्टियानो रोनाल्डोको आलोचना गर्नेमा एउटा अर्को ठूलो नाम पनि थपिएको छ र उनी हुन्, सर्वकालीन महान गोलरक्षक जियानलुगी बुफोन ।
उनको यो आलोचना युभेन्ट्ससँग जोडिएर हो । सन् २०१८ मा पोर्चुगाली खेलाडी रोनाल्डो युभेन्ट्स गएका थिए र उनी गएयता क्लबको प्रदर्शन ओरालो लागेको थियो ।
धेरै फुटबल विश्लेषक के मान्छन् भने रोनाल्डो आएयता युभेन्ट्समा केही पनि राम्रो भएन् । उनी तीन वर्ष युभेन्ट्समा रहे र यसक्रममा क्लबले लगातार नवौं पल्ट सिरी ए उपाधि जित्यो ।
गत सिजन यही उपाधि इन्टरले जितेको थियो । त्यसयता युभेन्ट्सले कुनै पनि ठूलो प्रतियोगितामा बलियो चुनौती पेस गर्न सकेको छैन् ।
बुफोनले भनेका छन्, ‘रोनाल्डो आएको पहिलो वर्ष युभेन्ट्ससामु च्याम्पियन्स लिग जित्ने अवसर थियो । त्यति बेला म पेरिस सेन्ट जर्मेनमा थिए । त्यसपछि क्लबमा के भयो, मलाई थाहा छैन् । जति बेला म युभेन्ट्स फर्के र रोनाल्डोसँगै दुई वर्ष खेले । यसबीच क्लबमा जित्नै पर्छ पर्छ भन्ने भावना हराइसकेको थियो ।’
यसअघि लियोनार्डो बोनुचीले पनि युभेन्ट्सको रोनाल्डोको गलत प्रभाव परेको बताएका थिए । उनका अनुसार युभेन्ट्सले किन हो उनीमाथि अत्याधिक निर्भर हुने बानी बसाएको थियो ।
अनि तिनै रोनाल्डोले युभेन्ट्स आफै खराब स्थितिमा रहेको बेला त्यसलाई छाडेर म्यानचेस्टर युनाइटेड गए ।
–मार्काको सहयोगमा ।