काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आइतबार संकटा र बीबीसीको आमना सामना हुने बेला स्थिति बराबरीका हुनेछ ।
लिगका पछिल्ला पाँच संस्कणमा यी दुई टिमबीच दुई भेट मात्र भएको छ ।
यी दुबै खेल बराबरीमा टुंगेका छन् । वर्ष ०७६ मा उनीहरूबीचको खेल गोलरहित बराबरीमा टुंगेको थियो । त्यस अगाडि वर्ष ०७५ को खेल १–१ को बराबरीमा छुटेको थियो ।
त्यस खेलमा संकटाका लागि अमित तामाङ र बीबीसीका लागि जय गुरुङले गोल गरेका थिए । संकटा ५ खेलबाट ९ अंक जोडेर चौथो स्थानमा छ ।
ब्रिगेड ब्वाइज भने ५ खेलबाट ५ अंकमा १० औं स्थानमा छ ।