मनाङलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा
शनिबार, पुष १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार भएको खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोल अन्तरले हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे ।
सुनिलले खेलको इन्जुरी समयको दोस्रो मिनेटमा फ्रि-किकबाट सुन्दर गोल गर्दै मछिन्द्रलाई महत्वपूर्ण ३ अंक दिलाएका हुन् ।
यस जितसँगै मछिन्द्रले ६ खेलमा १४ अंक जोडेको छ । मछिन्द्र मनाङ भन्दा एक अंकले अघि रहेको छ ।
यस जितपछि मछिन्द्रले एएफसी कप खेल्ने सम्भावना बलियो बनाएको छ ।
दोस्रो स्थानमा झरेको मनाङले ५ खेलमा १३ अंक जोडेको छ ।
मनाङलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)

-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)
