काठमाडौं । विराटनगरको विराट सांग्रिला स्पोर्टिङ क्लबको अध्यक्षमा पुन:रुपेश अधिकारी निर्वाचित भएका छन् ।
शनिबार सम्पन्न साधारणसभाबाट अधिकारी पुन: अध्यक्षमा निर्वाचित भएका हुन् ।
साधारणसभाले अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य समेत रहेका अधिकारीको अध्यक्षतामा २१ सदस्सीय कार्यसमिति चयन गरेको हो ।
यस्तै महासचिबमा माधव भट्टराई, सचिबमा काशीराज पराजुली र कोषाध्यक्षमा दिपेन्द्र थापा मगर चुनिएका छन् ।
एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीको प्रमुख आतिथ्यमा भएको साधारणसभाले सल्लाहकार समिति समेत घोषणा गरेको छ ।
समितिको संयोजकमा परशुराम बस्नेत, सदस्यमा अरुण राठी,विकास चौधरी,नविन घिमिरे,अनन्तराज थापा र भोला सिलवाल रहेका छन् ।
साधारणसभाबाट क्लबले आगामी सी डिभिजन लिग छनोट र मोरङको जिल्ला लिग खेल्ने निर्णय समेत गरेको छ ।