काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार च्यासल युथ क्लब हिमालयन शेर्पा क्लबसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासल हिमालयनसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।
हिमालयनसँग पराजित भएपछि च्यासलका मुख्य प्रशिक्षक बालगोपाल शाहुखलले डिफेन्समा कमजोरी हुँदा हार व्यहोरेको प्रतिक्रिया दिए ।
'आज महत्त्वपूर्ण खेल थियो । जित्नु पर्ने थियो । डिफेन्सका कारण हार्न पुग्यौ। उनीहरुले सुरुवात मै टिम खेल खेल्ने,' प्रशिक्षक शाहुखलले भने, 'आजको हारमा टिम स्टाफमाथी पनि प्रश्न उठेको छ । तर आज खेल राम्रो खेल खेलेको छ ।'
यस्तै हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राईले च्यासलले राम्रो खेलेपनि तीन अंक आएको बताए ।
'खेलमा हार जित हुन्छ । रिजल्ट हो महत्त्वपूर्ण । तीन अंक आएको छ । यसअघिका खेल भन्दा च्यासलले राम्रो खेलेको हो । तर अंक हामीले पायौं,' उनले भने ।