काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले हिमालयन शेर्पा क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा हिमालयनले च्यासलविरुद्ध १-० गोलको अग्रता बनाएको छ ।
खेलको २५ औं मिनेटमा मुटम्बा पिस्टन भुनयोलीले गोल गर्दै हिमालयनलाई अग्रता दिलाएका हुन् ।
आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।
हिमालयन ५ खेलमा ५ अंक जोडेर नवौं स्थानमा रहेको छ । आज च्यासललाई हराएर हिमालयन अंक तालिका सुधार गर्ने योजनामा हुनेछ ।
च्यासल ५ खेलमा ४ अंक जोडेर १३ औं स्थानमा रहेको छ । हिमालयनलाई हराएर च्यासल रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।