रामोसका लागि सर्वथा बिर्सनयोग्य वर्ष २०२१

काठमाडौं । सन् २०२१ को नयाँ वर्ष सुरु हुँदा सर्जियो रोमोस खुबै खुसी थिए । सकारात्मक थिए । रियल म्याड्रिडसँग उनको नयाँ अनुबन्ध हुने निश्चित जस्तै थियो, अनि उनी स्पेनका लागि युरो खेल्ने तयारीमा पनि थिए ।
उनी स्पेनका लागि सर्वाधिक खेल खेल्ने खेलाडी मात्र थिएनन्, रियलका लागि सर्वाधिक उपाधि जित्ने खेलाडी पनि थिए।
तर यही वर्ष सकिन लाग्दा भन्न कर लाग्छ, सन् २०२१ उनका लागि सर्वथा बिर्सनलायक रह्यो । अहिले उनी यो वर्ष उनी सकिने छ भनेर त्यसकै प्रतीक्षा गरिरहेका हुन सक्छन् ।
सन् २०२१ को सूची नै बनाऔं न, जनवरीमा उनी चोटग्रस्ट थिए । फेब्रवरीमा घुँडाको शल्यक्रिया गराए । मार्चमा स्पेनका लागि अन्तिम पटक खेले ।

अप्रिल महिनाभरी खालि बसे, मे महिनामा स्पेनी टिमको घोषणा हुँदा उनको नाम थिएन् । जुनमा उनले रियलबाट बिदा लिए र जुलाईमा उनी पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने घोषणा भयो ।
अगस्टमा पीएसजीले नयाँ सिजन सुरु गरेको थियो, तर रामोसले कहिले खेल्ने हो, टुंगो थिएन् । सेप्टेम्बरमा पनि केही टुंगो लागेन्, न त अक्टोबरमै ।
नोभम्बरमा उनी पीएसजीका लागि अभ्यासमा खेले र सेन्ट स्टेनविरुद्ध खेले, तर लगतै घाइते भए । डिसेम्बरमा रातो कार्ड खाएर मैदान छाड्न बाध्य रहे ।
अब सन् २०२२ उनका लागि कस्तो हुनेछ त ? यसको उत्तर पनि सजिलो छैन् । खेलाडी जत्तिकै सफल भएपनि आफूले चिताए जस्तो अन्त्य गर्न भने नसकिने रहेछ ।
–मार्काको सहयोगमा ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

