हिमालयन र च्यासलको एक एक जित
शनिबार, पुष १०, २०७८खेलपाटी संवाददाता

काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ को शनिबार हुने पहिलो खेलमा हिमालयन शेर्पा र च्यासल भिड्दै छन्।
हिमालयन ५ खेलबाट ५ अंक जोडेर नवौं स्थानमा छ भने च्यासलको समान ५ खेलबाट ४ अंक छ र १३ औं स्थानमा छ ।
दुवै टिममाथि रेलिगेसन दबाब सुरु भइसकेको छ ।
अहिलेसम्म यी दुई टिमबीच माथिल्लो डिभिजनमा दुई खेल भएका छन् । त्यसमध्ये डेब्यु सिजनमा च्यासलले वर्ष ०७५ मा हिमालयनलाई २–१ ले हराएको थियो ।
वर्ष ०७६ मा भने हिमालयनले त्यसको बदला लिएर च्यासललाई ३–२ ले हरायो । यस खेलमा हिमालयनका लागि विजय श्रेष्ठले दुई तथा त्रिदेव गुरुङले एक गोल गरेका थिए । च्यासलका तर्फबाट भने जापानी खेलाडी हयातो वाकिनोले दुई गोल गरे ।
हिमालयन र च्यासलको एक एक जित






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

