काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा पुलिस र फ्रेन्ड्सले गोलरहित बराबरी खेलेका छन् ।
पुलिस ५ खेलमा ५ अंक जोडेर दशौँ स्थानमा रहेको छ । फ्रेन्ड्सलाई हराएर पुलिस अंक तालिका सुधार्ने योजनामा हुनेछ।
फ्रेन्ड्स ५ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ । पुलिसलाई हराएर फ्रेन्ड्स रेलिगेसन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।