उपाधिका लागि वनदेवी र रेसिङ सहारा भिड्ने

धनगढी । कैलालीको अत्तरियामा भईरहेको सुदूरपश्चिम राजधानी कपको फाईनल खेल शनिबार हुने भएको छ।
गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको शिवशक्ती युवा क्लबको खेल मैदान स्याउलेमा भईरहेको प्रतियोगिताको पुरुष तर्फको उपाधिका लागि आयोजकको टिम वनदेवी युवा क्लब र रेसिङ सहारा कोहलपुर भिड्ने भएका छन् ।
सेमिफाईनलमा वनदेवीले सुदुरपश्चिम फुटबल एकेडेमीलाई ५–१ ले हराएर उपाधि नजिक पुगेको हो । रेसिङ सहाराले फारवेष्ट पशुपति युवा क्लबलाई ३–० ले हराएर फाईनल पुगेको हो ।
महिला तर्फको उपाधिका लागि धनगढीको मनकामना युवा क्लब र कञ्चनपुरको रोयल गोखार्ज भिड्ने भएका छन् । मनकामनाले सेमिफाईनलमा आयोजक अत्तरिया एफसीलाई सडनडेथमा ४–३ ले हराएको हो । मनकामनाले भने दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीलाई ३–२ ले हराएर उपाधि नजिक पुगेको हो ।
प्रतियोगिताको पुरुषतर्फ विजेता टिमले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । महिला तर्फको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार रुपैया नगद सहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।






-1762763443397.jpg&w=3840&q=75)

-1762739898132.webp&w=3840&q=75)
-1762758084543.jpg&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)

