काठमाडौं । लिगका पछिल्ला दुई संस्करणलाई आधार मान्ने हो भने पुलिसले शुक्रबार फ्रेन्ड्सको सामना जितबारे सोच्न सक्छ ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शुक्रबार त्यस्ता दुई टिम भिड्ने क्रममा छ, जसमध्ये एउटा आफ्नो पुरानो प्रतिष्ठा जोगाउन संघर्षरत छ । त्यो भनेको पुलिस भयो ।
अर्को फ्रेन्ड्स, जुन आफै रेलिगेसनबाट बच्न संघर्षरत छ । पुलिसको ५ खेलबाट ५ अंक छ र ११ औं स्थानमा छ । फ्रेन्ड्स भने ५ खेलबाट खालि २ अंकमै सीमित रहेर अन्तिम स्थानमा छ ।
पुलिसले ०७६ मा फ्रेन्ड्सलाई ३–० ले हराएको थियो । लिगको अन्तिम १३ औं चरणको खेलमा जुमनु राईले ह्याट्रिक गरेका थिए ।
वर्ष ०७५ मा पुलिस अझ ठूलो अन्तर ५–० ले विजयी रह्यो । त्यस जितमा गोल गर्ने खेलाडी थिए, अभिषेक रिजाल, रवि पासवान, भरत शाह, तेज तामाङ र नीरकुमार राई । वर्ष ०७० खेल २–२ को बराबरीमा टुंगियो ।
वर्ष ०६९ का दुई खेल पनि बराबरीमा रहे, ०–० र २–२ । वर्ष ०६८ मा भने फ्रेन्ड् पुलिसमाथि ३–० ले विजयी रहेको थियो ।