काठमाडौं । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा एनआरटीले शुक्रबार दशरथ रंगशालामा एपीएफको सामना गर्दा मौका देख्न सक्नेछ ।
लय समाट्न संघर्षरत एनआरटीले वर्ष ०७६ को लिगमा एपीएफमाथि ३–२ को जित रचेको थियो ।
त्यस खेलमा एनआरटीका लागि एन्ड्रे थिएरी र दर्शन गुरुङले एक एक गोल गरे ।
अर्को गोल आत्मघाती रह्यो । एपीएफका तर्फबाट आशिष गुरुङले दुई गोल गरे ।
वर्ष ०७५ मा भने एपीएफ २–१ ले विजयी रह्यो । त्यस अगाडि वर्ष ०६९ र ०६८ दुवै अवसरमा एनआरटी विजयी रहेको छ । त्यसमा क्रमश: २–१ र ३–० को जित एनआरटीको पक्षमा रह्यो । वर्ष ०७० मा दुवैको भेट भएन् ।
चालू लिगमा एपीएफ ५ खेलबाट ४ अंक जोडेर ११ औं स्थानमा छ । एनआरटी भने ५ खेलाट ६ अंकमा सातौं स्थानमा छ । एनआरटीले आफ्नो पहिलो खेल गुमाएयता लगातार चार खेलमा अपराजित छ ।
एपीएफले भने सुरुआती तीन खेल गुमाएर पछिल्ला दुई खेलमा चार अंक बटुल्ने लयमा फर्कने प्रयासमा छ ।