काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र लिड्सबीचको खेल स्थगित भएको छ ।
कोरोना भाईरसको कारण लिभरपुल र लिड्सबीचको खेल स्थगित भएको हो ।
यस्तै उल्भ्स र वाट्फोर्डबीचको खेल समेत स्थगित भएको छ ।
दुबै खेल आइतबार हुने तालिका रहेको थियो ।
तर, लिड्स र वाट्फोर्डको आग्रहपछि प्रिमियर लिगले खेल स्थगित गरेको हो ।