काठमाडौं । इटालियन सिरी ए फुटबलमा इन्टर मिलानले साँघुरो जित निकालेको छ ।
बुधबार राति भएको खेलमा इन्टरले टोरिनोलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा इन्टरलाई जित दिलाउन डेन्जेल डुमफ्रिएसले निर्णायक गोल गरे ।
उनले खेलको ३० औं मिनेटमा गोल गरेका थिए ।

यस जितसँगै इन्टरले शीर्ष स्थानको अग्रतालाई कायम राखेको छ ।
इन्टरले १९ खेलमा ४६ अंक जोडेको छ । टोरिनो २५ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
इन्टर दोस्रो स्थानको एसी मिलान भन्दा ४ अंकले अघि रहेको छ।
मिलानले बुधबार राति इम्पोलीलाई ४-२ गोल अन्तरले हराएको थियो ।
नापोली भने स्पेजियासँग १-० ले पराजित भएको छ ।