काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको खेलमा पीएसजी लोरेन्टसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
खेलको इन्जुरी समयमा मौरा इकार्डीले गोल गरेपछि पीएसजी हारबाट जोगिएको हो ।
त्यसअघि खेलको ४० औं मिनेटमा थोमसले गोल गर्दै लोरेन्टलाई अग्रता दिलाएका थिए ।

यस्तै खेलको ८६ औं मिनेटमा सर्जियो रामोसले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।
यस बराबरीसँगै पीएसजीले १९ खेलमा ४६ अंक जोडेको छ ।
पीएसजी दोस्रो स्थानको निश भन्दा १३ अंकले अघि रहेको छ ।
लोरेन्ट १६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
