काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल मड्रिडले जित निकालेको छ ।
बुधबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन दुबै गोल करिम बेन्जिमाले गरे ।
खेलको चौंथो मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
सातौं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियलको अग्रता २-० को बन्यो ।

त्यसपछि खेलको दशौँ मिनेटमा बिल्बाओका सान्केटले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो ।
यस जितसँगै रियलले लिगमा दोस्रो स्थानको सेभियामाथि ८ अंकको अग्रता बनाएको छ ।
रियलले १९ खेलमा ४६ अंक जोडेको छ । एक खेल कम खेलेको सेभियाको ३८ अंक रहेको छ ।
बिल्बाओ २४ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
