काठमाडौं । प्रिमियर लिग क्लब चेल्सी काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको क्वाटरफाइनलमा ब्रेन्टफोर्डलाई २-० गोल अन्तरले हराउँदै चेल्सी अन्तिम चारमा पुगेको हो ।
चेल्सीलाई जित दिलाउन जोर्गिन्होले एक गोल गरे । एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको ८० औं मिनेटमा पोन्टुस जानसनले आत्मघाती गोल गरेपछि चेल्सीले अग्रता बनाएको थियो ।
त्यसपछि खेलको ८५ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।
अब चेल्सीले सेमिफाइनलमा टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ ।
टोटेनहमले वेस्ट ह्यामलाई २-१ गोल अन्तरले हराएर अन्तिम चारमा स्थान बनाएको हो ।

टोटेनहमको जितमा स्टेभेन बेर्जविन र लुकास मौराले एक एक गोल गरे ।
वेस्ट ह्यामका जार्रोड बोवेनले एक गोल फर्काए ।