काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीका युवा फरवार्ड फेरान टोरेस स्पेनिस क्लब बार्सिलोनाममा अनुबन्धित हुने भएका छन् ।
स्पेनिस युवा फरवार्ड अनुबन्धको विषयमा सिटी र बार्सिलोनाबीच सहमति बनेको छ ।
बार्सिलोनाले फेरान अनुबन्धका लागि ५५ मिलियन युरो तिर्न राजी भएको बताईएको छ ।
२१ वर्षे फरवार्डले बार्सिलोनासँग पाँच वर्षको सम्झौता गर्ने बीबीसीले जनाएको छ ।
फेरानले सिटीका लागि ४३ खेलमा १६ गोल गरेका छन् ।
उनी २०२० को अगस्टमा भ्यालेन्सियाबाट सिटी आएका थिए ।