काठमाडौं । सप्तरी जिल्ला लिग फुटबलको उपाधि न्यु त्रियुगा स्पोर्ट्स क्लबले जितेको छ ।
बुधबार भएको फाइनलमा डाँफे युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै त्रियुगा च्याम्पियन बनेको हो ।
त्रियुगालाई जित दिलाउन विनोद राईले दुई गोल गरे । अनिश तामाङले एक गोल थपे ।
डाँफेका रोशन तामाङले एक गोल फर्काए ।
उपाधिसँगै त्रियुगाले ५० हजार नगद प्राप्त गरेको छ ।
उपविजेता डाँफेले २५ हजारमा चित्त बुझायो ।

लिग कम नकआउटका आधारमा भएको प्रतियोगितामा उत्कृष्ट खेलाडी गुलाब माझी चुनिए ।
उत्कृष्ट गोलकिपर सुजन राई र सर्वाधिक गोलकर्ता सागर तामाङ चुनिए ।
व्यक्तिगत विधाका उत्कृष्टले जनही २/२ हजार प्राप्त गरे ।