काठमाडौं । इंग्लिस फुटबललाई फेरि एकपल्ट कोरोना भाइरसको संक्रमणले सताउन थालेको छ ।
त झन नयाँ भेरियन्ट ओमिक्रोस्टले भेटिएको छ र यसले विशेषत: बेलायतलाई दु:ख दिइरहेको छ ।
कोरोना भाइरसबाट संक्रमण भएकै कारण इंग्लिस प्रिमियर लिगका केही खेल पछाडि सारिएका छन् ।
तर प्रतियोगिता आफै रोकिएको भने छैन् र रोक्ने कुनै सुरसार पनि छैन।
यस्ताका केही खेलाडीले गुनासो पनि गर्न थालेका छन्, लिग आयोजकले आफूहरूको स्वास्थ्यमा खासै धेरै ध्यान दिएकोमा ।
केही खेलाडीले बेलायती पत्रिका डेली मेललाई गुनासो पनि गरेका छन्, प्रतियोगिता आयोजकका लागि खेलाडीको स्वास्थ्य केही होइन ।
ती खेलाडीको माग हो, लिग केही समयका लागि रोक्दा हुन्छ कि ?
खेलाडीको स्वास्थ्यलाई महत्त्व दिनु पर्दैन र ? पूरा घटनाक्रममा एउटा अर्को पक्ष पनि छ र त्यो हो, प्रिमियर लिग खेल्ने सबै खेलाडीले अहिलेसम्म भ्याक्सिन भने लिएका छैनन् ।
डेली मेलकै दाबी अनुसार पनि लिगका केही ठूला नामले खोप लगाउन आनाकानी गरिरहेका छन् र केहीले सिधा सिधा लिन्न नै भनिरहेको छ ।
यी खेलाडीको नाम भने बाहिर आएको छैन ।
यस्तोमा कतै यी खेलाडीले खोप लगाएका अन्य खेलाडीलाई समस्यामा पारिरहेको त छैन् ?
अहिले लिगमा जति पनि संक्रमित भएका छन्, तीमध्ये कतिले खोप लिए, अनि कतिले खोप लिएनन्, त्यसबारे पनि ठ्याक्कै ठोस तथ्य पनि बाहिर आएको छैन् ।
लिगका दुई ठूला क्लब लिभरपुल र चेल्सीले भने आफ्नो खेलाडीलाई खोप लगाउन अनिवार्य जस्तै रहेको छ ।
डेली मेलकै अनुसार पनि लिभरपुलका योर्गन क्लोप र चेल्सीका थोमस टुचेलले खोप लगाउन नमान्ने खेलाडीलाई नखेलाउने चेतावनी पनि दिइसकेका छन् ।
यता लिग आयोजक आफै भने प्रतियोगिता रोक्ने कुनै योजनामै छैन् ।
यसरी इंग्लिस फुटबल कोरोना भाइरस र भ्याक्सिनको अगाडि पछाडि घुमिरहेको छ ।
–डेली मेलको सहयोगमा ।