काठमाडौं । बार्सिलोनाले अहिले जस्तो खेलिरहेको छ, त्यसले के यसका समर्थक खुसी छन् होला त ? पक्कै छैनन् ।
खासमा स्थिति कस्तो छ भने यसका प्रशिक्षक जाभी पनि मान्छन्, उनका अगाडि अचेल निन्द्राविहीन रातहरू मात्र छन् । आफ्नो टिमले लगातार खराब खेलेपछि उनी जत्तिको प्रशिक्षक कसरी ढुक्कसँग सुत्न सक्छन् र ?
स्पेनी ला लिगामा बार्सिलोनाले भर्खरै सेभियाविरुद्ध बराबरी खेलेको छ । त्यही खेलपछि प्रतिक्रिया दिने क्रममा जाभीले भनेका हुन्, ‘अचेल मलाई निन्द्रा लाग्छ छाडेको छ ।

बार्सिलोनाले सेभियाविरुद्धको जस्ता खेलमा जित्नै पर्छ । अहिले हाम्रा खेलमा सुधार आएको छ, तर त्यति त पनि पुग्दैन् । हामीलाई अर्को सिजन च्याम्पियन्स लिग खेल्नु छ ।’
जाभीले अहिले तत्कालका लागि बार्सिलोनाको लक्ष्य नै अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने बनाएका छन् । त्यसको अर्थ बार्सिलोनालाई शीर्ष चारमा रहनु छ ।

सेभिया त्यस खेलमा दस खेलाडीमा सीमित थियो र त्यसलाई जितेको भए, बार्सिलोना शीर्ष चारमा जाने थियो, तर त्यस्तो केही भएन् ।
तर पनि उनी थप्छन्, ‘मलाई आफ्नो खेलमा गर्व भने छ ।’