काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेल युभेन्ट्सले काग्लियारीलाई २-० गोल अन्तरले हराएको हो ।
युभेन्ट्सको जित मोइस किन र फेडेरिको बेर्नारडेस्चीले एक एक गोल गरे ।
खेलको ४० औं मिनेटमा मोइसले गोल गर्दै युभेन्ट्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ८३ औं मिनेटमा फेडेरिकोले गोल गर्दै युभेन्ट्सलाई २-० को जित दिलाए ।
यस जितसँगै युभेन्ट्स १९ खेलमा ३४ अंक जोडेको छ ।
युभेन्ट्स पाँचौं स्थानमा उक्लिएको छ ।
काग्लियारी १० अंक जोडेर १९ औं स्थानमा रहेको छ ।