काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
मंगलबार राति भएको खेल बार्सिलोना १० खेलाडीमा सिमित सेभियासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
सेभियाको मैदानमा सुरुआती अग्रता घरेलु टोलीले बनाएको थियो ।
खेलको ३२ औं मिनेटमा पापु गोमेजले गोल गर्दै सेभियालाई १-० गोलको अग्रता दिलाएका थिए ।

तर, खेलको ४५ औं मिनेटमा रोनाल्ड अरुजोले गोल गर्दै बार्सिलोनालाई १-१ गोलको बराबरीमा फर्काए ।
खेलको ६४ औं मिनेटमा जुलेसले रातो कार्ड पाएपछि सेभिया १० खेलाडीमा समेटिएको थियो ।
यस बार्सिलोनाले १८ खेलमा २८ अंक जोडेको छ ।
बार्सिलोना सातौं स्थानमा रहेको छ ।
सेभिया ३८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।