बराबरीमा रोकियो चेल्सी
आइतबार, ०४ पौष २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ ।
आइतबार राति भएको खेलमा चेल्सीले उल्भ्ससँग गोलरहित बराबरी खेलेको हो ।
उल्भ्सको मैदानमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
घरेलु टिमविरुद्ध बल पोसेसनमा पकड जमाएपनि चेल्सीले गोल गर्न सकेन ।
यस्तै उल्भ्सका डानिल पोडेन्सले गरेको गोलले मान्यता पाएन ।
यस बराबरीसँगै चेल्सीले १८ खेलमा ३८ अंक जोडेको छ ।
चेल्सी तेस्रो स्थानमा रहेको छ ।
उल्भ्स २५ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
बराबरीमा रोकियो चेल्सी







-1776311430548.webp&w=3840&q=75)

-1776324756993.png&w=3840&q=75)
-1776306061009.webp&w=3840&q=75)

