काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखका विंगर अल्फन्सो डेभिसले क्यानडाको प्लेयर अफ दि इयर अवार्ड जितेका छन्।
सन् २०२१ मा क्यानडाको वर्षको उत्कृष्ट पुरुष खेलाडी बन्दै डेभिसले प्लेयर अफ दि इयर अवार्ड जितेका हुन्।
२१ वर्षीय डेभिसले तेस्रो पटक डेभिसले प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।
डेभिसले यस वर्ष क्यानडाका लागि पाँच गोल र ८ असिस्ट गरेका थिए । उनले यस वर्ष क्यानाडाका लागि १३ अन्तराष्ट्रिय खेल खेलेका थिए ।
डेभिसले बायर्नबाट बुन्डेसलिगा र फिफा क्लब विश्वकप जितेका थिए ।
