काठमाडौं । माथिल्लो डिभिजनमा नवप्रवेशी भएको आधारमा सातदोबाटोविरुद्धका खेल प्रत्येक प्रतिद्वन्द्वी टिमका लागि नयाँ अवसर हुन सक्छ र यही अनुभवबाट शुक्रबार गुज्रनेछ, आर्मी ।
सहिद स्मारक लिग ए डिभिजन ०७८ मा आर्मी आर्मी अपराजित छ र आठ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
आर्मीले पछिल्ला तीन खेलमा क्लिन सिट राखेको छ र यी तीनै खेलमा आर्मी विजयी पनि रहेको छ ।
आर्मीले पुलिसविरुद्धको बराबरी खेलेपछि कुनै गोल खाएको छैन् । यस्तोमा आर्मीले लिगमा ३ सय ९९ मिनेटदेखि गोल खाएको छैन् ।
त्यसैले आर्मीसामु शीर्ष तीनमा रहेर आफ्नो स्थिति अझ मजबुत गर्ने अवसर हुनेछ ।
त्यसको ठीक विपरित सातदोबाटोले भने चौथो चरणमा एनआरटीविरुद्ध आफ्नो अपराजित यात्रा गुमाएको थियो ।
सातादोबाटो भने आफू अनुकुल नतिजासहित लयमा फर्कने प्रयासमा हुनेछ ।