काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको समूह विभाजन भएको छ ।
यूईएफएले बिहीबार नेसन्स लिगको समूह विभाजन सार्वजनिक गरेको हो ।
यूईएफएले सार्वजनिक गरेको समूह विभाजन अनुसार इटाली, जर्मनी र इंग्ल्यान्ड एकै समूहमा परेका छन् ।
यी तीनै टिम लिग 'ए' को समूह ३ मा रहेका छन् । यस समूहमा हंगेरी समेत रहेको छ ।
यस समूहलाई ग्रुप अफ डेथ मानिएको छ ।
साविक विजेता फ्रान्स लिग 'ए' को समूह १ मा रहेको छ । यस समूहमा फ्रान्ससँगै अस्ट्रिया, क्रोएसिया र डेनमार्क छन् ।
लिग 'ए' कै समूह २ मा पोर्चुगल, स्पेन, स्वीट्जरल्याण्ड र चेक रिपब्लिक रहेका छन् ।
लिग 'ए' समूह '४' मा बेल्जियम, नेदरल्यान्ड्स,पोल्याण्ड र वेल्स रहेका छन् ।
