पाँचौं चरणको खेल अघि के भन्छन् प्रशिक्षकहरु ?

काठमाडौं । सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबल अन्तर्गत पाँचौं चरणको खेलहरु भोलि शुक्रबारबाट सुरु हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार दुई खेलहरु हुनेछन् ।
पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेलमा संकटा क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
पाँचौं चरणको खेल अघि टिमका प्रशिक्षकहरुले तीन अंकको लागि मैदान उत्रिने बताएका छन् ।
खेल अघिको प्रि म्याच कन्फरेन्समा क्लबका प्रशिक्षकहरुले के के भने ?
नविन न्यौपाने - मुख्य प्रशिक्षक, त्रिभुवन आर्मी क्लब
सातदोबाटो अन्डरडग टिमको रुपमा देखिएको छ । हरेक टिम त्यति नै कठिन देखिएको छ । उपाधि जित्नका लागि हामी ३ अंक जोडेर अगाढी बढिरहेका छौ । चार वटा खेलको कमीकमजोरी सुधार गरेर भोलि त्यहिँ अनुसारको तयारीसहित मैदानमा हुनेछौँ । सातदोबाटोले तीन खेलमा धेरै राम्रो गरेको छ । हामीले सातदोबाटोलाई अन्डर डग टिमको रुपमा लिएका छौँ । भोलि हामी ३ अंक जोडेर शीर्ष टिमलाई दबाब दिने योजनासहित मैदान उत्रने छौँ । हाम्रो लक्ष्य एएफसी कप खेल्ने पनि छ त्यसको लागि हामीले खेल जित्नु पर्यो र विपक्षी टिमको खेल कुर्नु नै पर्छ ।
प्रवेश कटवाल - मुख्य प्रशिक्षक, मछिन्द्र फुटबल क्लब
संकटाले लिगमा राम्रो गरिरहेको छ । संकटा अहिलेको स्थितिमा राम्रो देखिएको छ । भोलिको खेल उत्कृष्ट खेल हुनेछ । किनकि लिग उपाधिको लागि खेल्नु पर्यो । हाम्रो सबै खेल महत्वपूर्ण छ । एएफसी कप खेल्नका लागि भोलिको खेल महत्वपूर्ण छ । हामीलाई जित्नै पर्नेछ ।
किशोर कुमार केसी - मुख्य प्रशिक्षक, जावलाखेल युथ क्लब
खेल भनेपछि सबै कडा नै हुन्छ । त्यसमाथि च्यासलसँग खेल परेको छ । च्यासल हामी भन्दा ३ अंकले माथि छ । यदि हामीले कडा मेहेनत गर्यौ भने हामी च्यासल भन्दा माथि हुनेछौँ । सम्भावना छ त्यसलाई मध्येनजर गरेर तयारी भईरहेको छ । यो खेलमा हामी जित्छौं भन्ने मलाई विश्वास छ ।
आशिक थापा मगर - सहायक प्रशिक्षक, च्यासल युथ क्लब
खेल त तीन अंककै लागि खेल्ने हो । जसरि भएपनि जित्ने गरि खेल्ने छौँ । जावलाखेल सेट टिम छ । हामी कडा प्रतिस्पर्धा दिने छौँ । स्ट्राइकरको अभाव छ हामीले नेपाली स्ट्राइकर ल्याएका छौँ । नाम चै कर्ण लिम्बु हो ।
सुरज महर्जन - सहायक प्रशिक्षक, सातदोबाटो युथ क्लब
आर्मी अहिलेको उत्कृष्ट टिम हो । हामीले धेरै मेहेनत गरेका छौँ । अस्तिको खेलमा हामीले गरेको गल्तिलाई सुधार्न ट्रेनिङ गरेका छौँ । हामीले जितका लागि खेल्ने हो, ३ अंकको लागि खेल्ने हो ।
रविन्द्र सिलाकार - सहायक प्रशिक्षक, थ्री स्टार क्लब
हामी ३ अंककै लागि तयारी गरिरहेका छौँ । अघिल्लो खेलहरुको कमजोरी सुधार गर्ने कोशिश गरिरहेका छौँ । खेलाडीहरुलाई त्यहिँ कमजोरीहरु फुलफिल गर्ने भनेर सिकाइरहेका छौँ । जित्ने हिसाबले तयारी गरिरहेका छौँ ।
मृगेन्द्र मिश्र - मुख्य प्रशिक्षक, फ्रेन्ड्स क्लब
पाँचौ चरणसम्म हाम्रो दुई खेल ड्र र दुई खेलमा हारेर २ अंक छ । एपीएफविरुद्धको लागि हामीले राम्रै तयारी गरिरहेका छौँ । चोट बोकेका खेलाडीहरु कमब्याक भएका छन् । एपीएफ टिम नराम्रो हैन । हामी जित्नकै लागि खेल्छौं । हामीलाई जित्नै पर्छ । लिगको महत्वपूर्ण खेल हो यो ।
रत्नकाजी महर्जन - सहायक प्रशिक्षक, एपीएफ क्लब
हाम्रो अर्को खेलमा फ्रेन्ड्ससँग छ । चार खेलमा हाम्रो १ अंक छ । हामीलाई ३ अंक जरुरि छ । ३ अंकको लागि हामीले विपक्षीको कमजोरीहरु हेरेका छौँ । हाम्रो गल्ति, कमजोरीहरु सुधार गरेका छौँ । हाम्रो खेल राम्रो छ तर फिनिसिङ कमजोरी छ त्यसलाई सुधार गरेर राम्रो तयारी गरेका छौँ ।
राजुकाजी शाक्य - मुख्य प्रशिक्षक, एनआरटी क्लब
हाम्रो लागि ३ अंक महत्वपूर्ण छ त्यहिँ अनुसार तयारी गरेका छौँ । पर्सीको खेलमा हामी ३ अंकको लागि खेल्छौं । थ्री स्टार पहिलेको जस्तो छैन । सिनियर र जुनियर खेलाडीमा सेट भएको छैन । हाम्रो पनि टिम सेट भएको छैन । मेसुके र स्टेफेनबाट जुन आशा थियो उनीहरुले गर्न सकेको छैन ।