काठमाडौं । घरेलु फुटबलमा चर्चित स्ट्राइकर कर्ण लिम्बुले च्यासल युथ क्लबबाट सहिद स्मारक 'ए' डिभिजन लिग खेल्ने भएका छन् ।
च्यासल युथ क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले कर्णलाई टिममा अनुबन्ध गरिएको बताए ।
'हामीसँग स्ट्राइकर कमी थियो । त्यसैले एक खेलाडी अनुबन्ध गरेका छौँ । ती खेलाडी कर्ण लिम्बु हो,' बिहीबार प्रि-म्याच कन्फरेन्समा उनले भने ।
अघिल्लो पटक कर्णले संकटा क्लबबाट 'ए' डिभिजन लिग खेलेका थिए । त्यसअघि उनले हिमालयन शेर्पाको जर्सी लगाएका थिए ।
कर्ण घरेलु फुटबलका लोकप्रिय स्ट्राइकर हुन् । होचो कदका उनी गोल गर्न निकै सिपालु मानिन्छन् ।
उनले जावालाखेल, मछिन्द्र र झापा ११ बाट खेलिसकेका छन् ।