काठमाडौं । इंग्लीस क्लब ब्रेन्टफोर्डका मुख्य प्रशिक्षक थोमस फ्रयान्कले इंगलिस प्रिमियर लिगको यस विकेन्डको सबै खेल स्थगित गर्न माग गरेका छन् ।
अहिलेको कोरोना महामारीको जालोलाई तोड्न यस विकेन्डको खेलहरु स्थगित गर्न माग गरेका हुन् ।
शनिबार साउथाम्पटनविरुद्धको खेल अघि बोल्दै फ्रयान्कले आफूले प्रिमियर लिग तथा अन्य क्लबका प्रशिक्षकहरुसँग कुरा गर्दा उनीहरु पनि यस कुरामा सहमत रहेको बताए ।
पत्रकार सम्मेलनकै क्रममा फ्रयान्कलाई उनका थप चार खेलाडीमा कोरोना देखिएको जानकारी गराइएको थियो ।
यससँगै खेलाडी र पदाधिकारीसहित ब्रेन्टफोर्डका १३ जनामा कोरोना देखिएको छ ।
यस अघि म्यान्चेस्टर युनाईडेटका खेलाडीमा कोरोना देखिएपछि ब्रेन्टफोर्डसँग गत मंगलबार हुने भनिएको खेल स्थगित भएको थियो ।
फ्रयान्कले समस्या थप जटिन नबनोस भनेर कडा कदम चाल्नुपर्ने आवश्यकता रहेको समेत बताए ।
उनका अनुसार प्रिमियर लिगका सबै क्लब र सबैजना कोरोनाबाट जुधिरहेको अवस्थामा कम्तिमा चार वा पाँच दिनको समय दिनुपर्ने धारणा राखे ।