काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका लुका मोड्रिक र मार्सेलोले काडिजविरुद्धको खेल गुमाउने भएका छन् ।
मोड्रिक र मार्सेलोमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनीहरुले स्पेनिस ला लिगा अन्तर्गतको काडिजविरुद्धको खेल गुमाउने भएका हुन् ।
दुबै जना स्वास्थ्य प्रोटोकल अनुसार मोड्रिक र मार्सेलो क्वारेन्टाइनमा बसेका छन् ।
तर दुबै खेलाडीले युरो लिगको १५ चरणको अन्तर्गत ओलम्पिया मिलानविरुद्धको खेलका लागि उपस्थित रहने रियलका सहायक प्रशिक्षक वाल्टर ताभारेजले जनाए ।
यस अघि भ्यालेन्सियाका प्रशिक्षक र दुई खेलाडीमा कोरोना देखिएको थियो ।