काठमाडौं । पैसा नै सबथोक नहुने रहेछ । फाइख बोलकिहको उदाहरणले यस्तै प्रमाणित गरेको छ ।
अमेरिकी नागरिकता बोक्ने यी खेलाडीले साढे एक वर्ष अगाडि पोर्चुगाली क्लब मारिटिमोसँग अनुबन्ध गरेका थिए ।
तर क्लबका लागि डेब्यु समेत नगरेर उनले पोर्चुगल छाडेका छन् । फाइख यसअघि लेस्टर सिटीमा थिए ।
त्यस भन्दा पनि अगाडि उनी चेल्सीको एकेडेमीमा आवद्ध थिए । संयोग कस्तो भने न त उनले लेस्टरका लागि खेले, न त चेल्सीका लागि ।
पोर्चुगलमा पनि उनले खेलेनन् नै, उनको सबैभन्दा ठूलो उपलब्धी भन्नु नै स्पोर्टिङ सीपीविरुद्धको खेलमा वेञ्चमा रहनु रह्यो । अब प्रश्न उठ्छ, को हुन त यी फाइख ।
उनी हुन्, विश्व फुटबलका सबैभन्दा धनी खेलाडी । क्रिस्टियानो रोनाल्डो र लियोनल मेसी भन्दा पनि धनी ।
फाइख ब्रुनाइका राजकुमार जेफ्री बोलकिहका छोरा हुन् । यी जेफ्री ब्रुनाइका सुल्तान हसनल बोलकिहका भतिजा हुन्।
फाइखको सम्पति मात्रै १५ अरब डलर रहेको मानिन्छ । फाइखलले मारिटिमोको बी टिमसम्मबाट भने खेले ।
–मार्काको सहयोगमा ।